शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाको एकता टुंग्याउन कार्यदलसँग छलफल गरिने

नेकपाको एकता टुंग्याउन कार्यदलसँग छलफल गरिने

  • सोमवार, फाल्गुन ६, २०७५
नेकपाको एकता टुंग्याउन कार्यदलसँग छलफल गरिने

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अड्किएको एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन कार्यदलसँग छलफल गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उत्क निर्णय गरेको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

बैठकले कार्यदलले दिएको प्रतिवेदनलाई टुंगो लगाउन कार्यदलका सदस्यहरुसँगै यही ९ गते सामूहिक छलफल गर्ने निर्णय गरेको श्रेष्ठले बताएका छन् । कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल गरेर पार्टीको सांगठनिक एकीकरणसम्बन्धी नीतिबारे निर्णय लिने निचोड आजको बैठकमा निकालिएो प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाले पार्टी एकता टुंग्याउन गठन गरेको रामबहादुर थापा बादल नेतृत्वको कार्यदल भित्रै विवाद हुँदा पार्टी एकता प्रक्रिया नै अड्किएको थियो । कार्यदलले प्रतिवेदनलाई पूर्णता नदिइ नै सचिवालयमा बुझाइसकेको छ ।

आजको सचिवालय बैठकले त्यही कार्यदलको प्रतिवेदनमाथि छलफल पनि गरेको थियो । आगामी बैठकमा कार्यदलले दिएको प्रतिवेदनका आधारमा आवश्यक नीति निर्माण र निर्णयका लागि कार्यदल सदस्यहरुसँग सामूहिक छलफल गर्ने निर्णय भएको हो।

नेकपाले पार्टीको सांगठनिक एकता टुंगो लगाउने जिम्मासहित सचिवालय सदस्य थापा र महासचिव विष्णु पौडेलसहितको कार्यदललाई दिएको थियो । तर यो कार्यदल आफैँ भित्रको विवादका कारण अल्मलिएको थियो । विवादकाबीच कार्यदलले सचिवालयलाई अधुरो प्रतिवेदन बुझाइसकेको छ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश मुख्यमन्त्री भएकालाई पनि प्रदेश कमिटीको जिम्मा दिएको भन्दै त्यसलाई सच्याउन अडान लिएका थिए । त्यहीकारण कार्यदलले अनिर्णित भएर अधुरै प्रतिवेदन बुझाएको हो ।

चर्चामा

सम्बन्धित समाचार