बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मोदीको घोषणा : सैनिकलाइ पुरै छुट

मोदीको घोषणा : सैनिकलाइ पुरै छुट

  • शनिबार, फाल्गुन ४, २०७५
मोदीको घोषणा :  सैनिकलाइ पुरै छुट

नयाँ दिल्ली ।   भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले आगामी सुरक्षा रणनीति बारे सेनालाइ पुरै छुट दिएको बताएका छन्। मृतक सिआरपीएफका जवानहरुलाई श्रदान्जली दिदै मोदीले सेनाले कुन ठाउँमा कस्तो अवस्थामा प्रतिक्रिया दिने सबै छुट पाएको बताएका हुन।

भारत प्रसासित जम्मु कश्मीरमा केही वर्षयताकै सबभन्दा घातक भनिएको आक्रमण पछि भारतले बदला लिने निती लिएको छ।

भारतीय पूर्व सेना प्रमुख एवं केंद्रीय मन्त्री जनरल वीके सिंहले बहादुर सुरक्षाकर्मीको रगतको थोपा थोपाको बदला लिइ छोड्ने ट्विटमा उल्लेख गरेका छन्। घटनाको विश्व समुदायले निन्दा गरेको छ । कायरतापूर्ण आक्रमणको निन्दा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसमा संलग्नहरूलाई दण्ड दिइने बताएका छन्।

घटना भएको भोलिपल्ट दिल्लीको रेलवे स्टेशनमा नयाँ रेल सेवा उदघाटनको कार्यक्रममा शुक्रवार बोल्दै प्रधानमन्त्री मोदीले भने,
‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि आक्रमणका पछाडि जुन शक्ति छ, जो अपराधी छन् तिनलाई अवश्य सजाय मिल्नेछ।’

मोदीले पाकिस्तानप्रति सङ्केत गर्दै भने, ‘संसारभरि एक्ल्याइएको हाम्रो छिमेकी देश यदि यो ठान्छ कि ऊ भारतमा अस्थिरता उत्पन्न गर्न सफल हुन सक्छ भने उसले त्यो सपना देख्न छाडिदेओस्। नराम्रो अवस्थाबाट गुज्रिरहेको हाम्रो छिमेकीले यस्तो वितण्डा मच्चाएर भारतलाई अस्तव्यस्त पार्ने प्रयास पूरा हुने छैन।’

मोदिले आतंकवादीमाथि कारबाहिका लागि सेनालाई जस्तो सुकै कदम उठाउँन आदेश समेत दिएका छन् । उनले सुरक्षाबललाई समय, स्थानको प्रवाह नगरि जस्तो सुकै स्वरुपको कारबाहीका लागि अगाडि बढ्न इजाजत दिएको घोषणा गरेका छन् । उनको यो बोली सुन्ने बित्तिक्कै कार्यक्रममा उपस्थित धेरैले भारत माता की जय भन्दै नारा लगाएका थिए ।

४४ सुरक्षाकर्मी गुमाएको सिआरपिएफले घटनाको १९ घण्टापछि एक ट्व्टि गर्दै लेखेको छ, हामि यो घटनालाई भुल्ने छैनौं र माफी पनि दिने छैनौं ।

छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४४ जना सैनिकको मृत्यु भएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।

वित्तमन्त्री अरुण जेट्लीले समेत यस आक्रमणमा पाकिस्तानको संलग्न रहेकामा कुनै आशंका नरहेको बताए । उनले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण रुपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि जानकारी दिए ।

पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ । “भारतीय सञ्चार माध्यम र सरकारले काश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य छ, र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तान विरुद्ध भारतले आरोप लगाउनु दुःखद हो,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले पनि काश्मिर घटनाको भत्र्सना गर्दै सबै मुलुकले “आतङ्ककारीहरुलाई सुरक्षित स्थान उपलब्ध गराउने र मद्दत गर्ने कार्यहरु बन्द गर्न” आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का जवान बोकेका दुईवटा नीला बस आक्रमणको निशानामा परेका थिए । विस्फोटक पदार्थले भरिएको भ्यानले गरिएको आत्मघाती आक्रमणको आवाज धेरै माइल टाढासम्म सुनिएको थियो । “पहिलो बसमा सबार सबैजसो जवानको मृत्यु भयो,” नाम नबताउने शर्तमा एक जना उच्च प्रहरी अधिकारीले बताए ।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु समूह जै (‍ए) मोहम्मदले कश्मीरमा आक्रमण गराएको तर सो समूहविरुद्ध पाकिस्तानले कुनै कारबाही नगरेको भन्दै भारत पाकिस्तानसँग रिसाएको छ। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि सो घटनाको निन्दा गरेका छन्।

 –      विभिन्न भारतीय संचारमाध्यमहरुबाट

चर्चामा

सम्बन्धित समाचार