बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • देशि बुढा र शिब रोकायालाई सहयोग हस्तान्तरण

देशि बुढा र शिब रोकायालाई सहयोग हस्तान्तरण

  • शनिबार, फाल्गुन ४, २०७५
देशि बुढा र शिब रोकायालाई सहयोग हस्तान्तरण

लक्ष्मीराज पाध्याय
बाजुरा ४ फागुन
बाजुराको गौमुल गाउँपालिका ५ का २ जनालाई सहयोग बितरण गरिएको छ । जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच सो सहयोगार्थ रकम हस्तान्तरण गरिएको हो । गौमुल ५ का देशी बुढाको परिवारलाई ३२ हजार ६८ रुपैया र शिव रोकायाका लागी १२ हजार ९ सय ६० रुपैया हस्तान्तरण गरिएको छ ।


सामाजिक अभियान्ता तथा नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहंले सिहले समचार र सामाजिक संजालमा पिडीतको अबस्था बाहिर ल्याएपछि देश बिदेशमा रहेका सहयोगी मनहरुले सहयोगका लागी पैशा पठाएको थियो । सुदुर पश्मिेली नेपाली समाज भारत दिल्ली रानीबागका अध्यक्ष लोकेन्द्र बहादुर बुढाको अगुवाईमा संकलन भएको ४५ हजार २८ रकम गौमुल गाँउपाकिा अध्यक्ष हरि रोकायाको प्रमुख आतिथ्यमा बितरण गरिएको छ । देशी बुढा र शिब बोहाराको अबस्था निकै दयनिय पाएपछि भारतमा बस्ने नेपालिका बाट सहयोग संकलन गरेको सुदुर पश्चिेमेली नेपाली समाज भारत दिल्ली रानीबागका अध्यक्ष लोकेन्द्र बहादुर बुढाले वताए ।
बडिमालिका मिडीया हाउसको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गरि रकम सम्बन्धीत ब्यक्तिलाई हस्तान्तरण गरिएको छ । बडीमालिका मिडिया हाउसका अध्यक्ष अध्यक्ष प्रकाश सिहको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकाया रहेका थिए । बिशिष्ठ अतिथि गैर सरकारी संस्था महासंघ केन्द्रिय सदस्य काशि बिक रहेका थिए । त्यस्तै अतिथिमा पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाहि, प्रेश युनियनका अध्यक्ष प्रेम रौले, फेडवासन बाजुराका अध्यक्ष तुल्क्षिराम रोकाया, महिला अधिकार रक्षक सञ्जालकि अध्यक्ष कल्पना महत, राष्ट्रिय बाणिज्य बैकं प्रबन्धक जितजङ्ग सिंह, नागरिक अगुवा महेश जैशी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत बडिमालिका मिडिया हाउसका पोष्ट सम्पादक लक्ष्मीराज पाध्यायले गरेको कार्यक्रमको संचालन कार्यकारी सम्पादक पदम सिहंले गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौमुल गाँउपालिका अध्यक्ष हरि रोकायाले सहयोगि निकायलाई धन्यवाद दिदै, सबैले आ आफ्नो जिम्मेवारी बहन गरेमा समाजको विकास हुने वताए । साथै बाजुराको पत्रकारिता प्रबद्र्धनमा आफु सहयोग गर्ने वताए । बिशष्ठि अतिथिको आसन बाट बोल्दै गैससका केन्द्रिय सदस्य काशि बिकले बाजुरामा अभाब मात्र हैन सम्भाबना पनि निकै रहेको त्यो तिर पत्रकारहरुले कलम चलाउन आग्रह गरेका छन्, साथै सामाजिक काममा आफु र आफ्नो संस्था सधै सहयोग गर्ने वताए । अन्य अतिथिहरुले पनि सहयोगि निकायलाई धन्यवाद दिएका थिए ।
शिव रोकायाको बाख्रा चराउन गएका बेला ढुगां लागेर खुट्टा भाचिएको अबस्थामा उपचार गर्ने खर्च नहुदा अलपत्र रहेका थिए । उनका उपचारका लागी यो भन्दा पहिला अभियान मार्फत आएको पैसा पहिला पनी बितरण गरिएको थियो । त्यस्तै देशी बुढा ओछयानमै दिशा र पिशाब गर्छन् तिनको शाहारामा १० बर्ष र ७ बर्षको छोरा मात्र थिए । उनका दुबै छोरा अहिले एसोएस बालग्राम धनगढीमा रहेका छन् । त्यस्तै देशि बुढाका परिवारका लागि आएको यो भन्दा पहिलाको रकम राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखा उनका बच्चाको नाममा जम्मा गरेको छ ।

देशी बुढालाइ सहयोग गर्नेको सुची

लोकेन्द्र बहादुर बुढा कोट रु ४९६०/- दिपक रोकाया बिज्याढुगा रु २५६०/-  बिस्नु घिमिरे गुल्मि रु ८००/-   दिनेस रोकाया घोगाला रु ५६००/- ६.अर्जुन अछामी अछाम रु १८४०/- पदम रोकाया बगारि रु ८००/- योगेन्द्र बुढा हरिदवार रु १७६०/- मान बहादुर धामी बझाङ रु २५०४/- नन्दी बुढा कोट रु३२०/ कोहिला बुढा कोट रु ३२०/- गीता घर्ती मगर रु ८००/-  तेजु थापा बसाल रु ८००/- आकाश सुनार रोल्पा रु ८८१.६/- रुमला रोकाया घोगाला रु १६००/-  मान रोकाया नकराडा रु ८८१.६/- गोरख रोकाया बगर रु ३८७८.४/- खगेन्द्र बहादुर सिंह बाजुरा रु ८८१.६/- रिता रोकाया बसाला रु ८८१.६/-

शिव रोकायालाइ सहयोग गर्नेको सुची

लोकेन्द्र बहादुर बुढा रु ८००/- लोकेन्द्र बहादुर रोकाया रु ८००/- बिस्नु पर्साद घिमिरे रु ३२०/- दिपक रोकाया रु १६००/- सुरेस बुढा रु १६०/- पंकज बुढा रु १६०/-निमा तामाङ रु ३२००/- गणेश बुढा रु ८००/- अर्जुन अछामी रु ८००/- गणेश रोकाया रु ८००/- गोरख रोकाया रु १६०/- राम बहादुर रोकाया रु १६०/- प्रकाश रोकाया रु ८००/-बिरेन्द्र रोकाया रु १६०/-  पदम रोकाया रु ८००/-

चर्चामा

सम्बन्धित समाचार