शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका ९५ बस्ती उच्च जोखीममा

बाजुराका ९५ बस्ती उच्च जोखीममा

  • शुक्रबार, फाल्गुन ३, २०७५
बाजुराका ९५ बस्ती उच्च जोखीममा

लक्ष्मीराज पाध्याय
बाजुरा ३ फागुन
बाजुरा जिल्लाका ९५ गाउँ उच्च जोखीममा रहेका छन । बिपतमा रहेका बस्तीको पहिचान गरि जिल्ला दैबि प्रकोप उद्धार समितिले सार्बजनिक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताए । जिल्ला दैबि प्रकोप उद्धार समितिले बिपत जोखीममा रहेका बस्तीको सुची केन्द्रमा पठाउने निर्णय गरेको छ ।
बाजुरा जिल्लाका नौ वटा स्थानिय तहका धेरै गाउँ उच्च जोखीमा रहेको तथ्याङक सार्बजनिक गरेको छ । जिल्लामा सबै भन्दा बढि जोखीममा त्रिबेणी नगरपालिका बस्ती रहेका छन्, भने दोस्रोमा बडिमालिका नगरपालिका रहेको छ । जिल्ला दैबि प्रकोप उद्धार समितिको बुधबार बसेको बैठकले जिल्ला भरका बिभिन्न जोखीममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाइ स्थान्नतरण गर्नु पर्ने निर्ण समेत गरेको छ ।
बुढीगंगा नगरपालिकाको १ को कुडी, २ को बल्दे, नडाङ, ३ को गड्तोला, ४ को साउवाडा, खोडालवाडा ५ को, कोटवाडा वडा नं ६ को फालासैन उच्च जोखीममा रहेका छन । त्यसै गरी त्रिबेणी नगरपालिकामा सबै भन्दा बढी बस्ती जोखीमा रहेका छन्, जसमा वडा नं ८ को पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरिवाडा, नेपालीटोल, ९ को ताम्सु, नुवाकोट, ६ को गैरा, पन्धारा गाँउ, फल्नेतोला वस्तीलाई व्यवस्थापन गर्न वडा नं १ को विसाल बजार, सल्लेरी, ५ को किम्नीको ढोड क्षेत्र र वडा नं ४ को पीपलसैन, राउतेला रहेका छन ।
छेडदह गाउँपालिकामा १ को नाउलीखोला, पैयापाटा, ३ टुनीसैन, ४ को चास्ला ५ को पारतोला, माडीखोला ,बुढाथोकिबाडा, घंरेडी ६ को सुदाडा र वडा नं २ को बल्दे पनी उच्च जोखीमा सिफारिस भएका छन । गौमुल गाउँपालिकामा भने सबै भन्दा कम बस्ती जोखीममा रहे पनी छरिएका बस्तीलाई एकीकृत गर्न आबस्यक रहेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताए । जसमा गौमुल गाउँपालिकाका १ को माडी, सिम २ को गताडी, मल्लोदुगन पौदाली कुहुडा पाटा, चल्लो काट्ना ३ को आला, धल्काडा, कटीगाँउ, बेहरी ५ को कोट, ६ को बसाला लगायतका बस्ती जोखीममा रहेका छन । भने स्थानान्तरण गर्नु पर्ने बस्तीहरुमा १ को, दुर्गाली खौला, अन्द्राडी २ को कुहुडा ,पौदाली आगर ३ पाते, गर्जे ५ नक्राडा, पडीकोट ४ को कौडाकोट, गदाडा केहि वस्तीहरु वडा नं ६ गैरीवाडा ,शान्तीटोल चदारवाडा ,सालीकोट,वाढी बस्तीहरु रहेका छन ।
बुढीनन्दा नगरपालिका १ को साउने गाँउ, २ को कोल्टी गाँउ, ३ को भुलेना ४ को घोडाकोट, सिराडी ६ को दैया, लाटोवस्ती र खारगडा ७ को पहेलसेरा, नौलाकोट र खड्का वाडा, ८ को प्रियाकोट ९ को गुईदेली लगायतका बस्ती पनी उच्च जोखीमा रहेको समितिले बस्ती छनौट गरेको छ । त्यस्तै सबै भन्दा कम जगन्नाथ गाउँपालिकाका बस्ती जोखीमको सुचीमा न्यून रहेको छ । जसमा २ को मुसेखोला ,तल्लो हुनी ,वस्केना, १ खारखोला मात्र रहेका छन । स्वामिकार्तिक खापर गाउँपालिकामा पनी सबै भन्दा कम बस्ती जोखीमा रहेका छन । जसमा २ को सुपाना ३ को जुकु, ४ को वाइ, र ५ को मिगु मात्र रहेका छन ।
त्यस्तै हिमालि गाउँपालिकामा पनी कमै बस्ती जोखीमा रहे पनी स्थानन्तरण गर्नुपर्ने बस्ती धेरै रहेका छन । जसमा वडा नं ६ पाडी वडा नं. १, २, ३ विच्छयाँ, नेटा ४ को फैती ६ को धिम रहेका छन भने स्थान्तरणका लागी ५ को कवाडी, क्वीडी ६ बोल्डीक र ५ वोर्ता रहेका छन । त्यस्तै त्रिबेणी नगरपालिका पछी दोस्रो जोखीमा रहेको बडीमालिका नगरपालिकामा पन्ध्र ओटा बस्ती जोखीमा रहेका छन । जसमा ं ७ को जिल्ली, सिराडी, ३ को मुसिगाँँउ, सेरी, घोगाली १ को पाटा, ५ को सल्लेरीवाडा नदि कटान स्थान ४ को तिपाडा, वलेना, ६ को जडाँगा, ६ र ७ राप्का, ८, ९ बाउली गडखेत, १ र २ भौनेरा, घागर वडा न ७ चुथी रहेका छन भने स्थानान्तरणका लागी१ को सल्लेना २ को मैमातोला, विष्टवाडा, बथानलेख ७ को जिल्ली ३ को उखाडी लगाएतका बस्ती सिफारीस भएका छन ।
बाजुराका ९५ बस्ति जोखिममा रहेको स्थान्तरण तथा ब्यबस्थापनाका लागि शहरि विकास तथा भवन निर्माणका लागि शिफारीस गरिएको जिल्ला दैबिक उद्धार समितिका सदस्य तथा गिफ्ट बाजुराका प्रबन्धक कृष्ण अधिकारीले वताए । सरोकारवाल सँग छलफल गरि बस्ति जोखिममा रहेको पहिचान गरेको अधिकारीले वताए ।

 

चर्चामा

सम्बन्धित समाचार