शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • नेपाल महिला गोल्डकपको फाइनलमा प्रवेश

नेपाल महिला गोल्डकपको फाइनलमा प्रवेश

  • बुधबार, फाल्गुन १, २०७५
नेपाल महिला गोल्डकपको फाइनलमा प्रवेश

काठमाण्डौ –  समूह चरणकाे अन्तिम खेलमा इरानमाथि ३-० काे जित हात पारेकाे नेपाल हिराे महिला गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

फाइनलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा म्यानमारसँग नेपालले ३-० काे हार व्यहाेरेकाे थियाे । फाइनलमा समूह चरणकाे हारकाे बदला लिँदै नेपाल उपाधि उचाल्ने दाउमा रहेकाे छ ।

लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २–० ले हराएसँगै प्रतियोगिताको फाइनलमा म्यानमार र नेपाल पुगेका हुन् ।

अन्तिम खेलमा म्यानमारसँग घरेलु टोली भारत पराजित भएपछि नेपाल समूह चरणमा दोस्रो हुँदै फाइनल प्रवेश गरेको हो । म्यानमारका लागि दाेस्राे मिनेटमा ज्याेली किवाले गाेल गर्दै अग्रता दिलएकी थिइन । ८१औँ मिनेटमा भारतले बराबरी गाेल गरे पनि रेफ्रीले अफ साइड करार गरेका थिए । ९४औँ मिनेटमा म्यानमारले पेनाल्टीमार्फत गाेल गर्दै २-० काे जित हात पार्न सफल भयाे ।

चार टिम सहभागी प्रतियोगितामा इरानले तीनवटै खेल हारेर प्रतियोगिताबाट बाहिरियो भने म्यानमार तीनवटै खेल जित्दै ९ अंकसहित फाइनलमा स्थान बनायो । नेपालले तीन खेलमा दुई खेल जित्दै फाइनलमा पुग्न सफल भयो । आयोजक भारत भने म्यानमारसँगको फराकिलो जित हात पारेको भए मात्रै फाइनलमा पुग्ने थियो ।

हिरो महिला गोल्डकप : इरानविरुद्ध नेपालको ३–० को शानदार जित

आजै भएको समूह चरणको अन्तिम खेलमा फिफा वरीयतामा आफूभन्दा ४६औँ स्थानमाथि रहेको इरानमाथि नेपालले ३–० को शानदार जित हात पार्यो । फिफा वरीयतामा इरान ६०औँ स्थानमा छ भने नेपाल १०६औँ स्थानमा रहेको छ  ।

निकै शक्तिशाली मानिएको इरानी टोलीमाथि नेपाली महिला टोली हाबी भयो । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् ।

प्रतियोगिताको फाइनल खेल आउँदो शुक्रबार उडिसाको कांलिगा रंगशालमा हुनेछ ।

उज्यालो अनलाइनबाट साभार

चर्चामा

सम्बन्धित समाचार