शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाले बाजुरामा मनायो जनयूद्ध दिवस

नेकपाले बाजुरामा मनायो जनयूद्ध दिवस

  • बुधबार, फाल्गुन १, २०७५
नेकपाले बाजुरामा मनायो जनयूद्ध दिवस

बडीमालिका खवर समाचारदाता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले जनयुद्ध दिवस मनाएको छ । तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस नेकपाले बाजुरामा पहिलो पटक जनयूद्ध दिवस मनाएको हो ।
जनयूद्ध दिवसको अवसरमा पार्टी कार्यालय मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर जनयुद्धका क्रममा सहिदको फोटोमा फुलमाला चढाएर दिवस मनाएको नेकपा बाजुराका प्रस्ताबित अध्यक्ष भरत थापाले बताएका छन । नेकपा नेता कासी बिकले संचालन गरेको कार्यक्रममा नेकपा प्रस्ताबित अध्यक्ष भरत थापाको अध्यक्षतामा संचालन गरिएको बताएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा नेकपा प्रदेश कमिटि सदस्य एबं सबिंधान सभा सदस्य बसुन्धरा रोकायाको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अबसरमा शंकर मल्ल, धर्मराज पाध्यया, दिल कुवर महेश शाही, कमल कुमारी शाहले बोल्नु भएको थियो । स्वागत मन्तब्य अर्जुन रोकायाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार