शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुद
  • डीपीएलमा काठमाडौंको लगातार दोस्रो जित, महेन्द्रनगर पराजित

डीपीएलमा काठमाडौंको लगातार दोस्रो जित, महेन्द्रनगर पराजित

  • बुधबार, फाल्गुन १, २०७५
डीपीएलमा काठमाडौंको लगातार दोस्रो जित, महेन्द्रनगर पराजित

कैलाली, फागुन १ । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराएर काठमाडौंले लगातार दोस्रो जित निकालेको हो ।

फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शरद भेषावकरको महेन्द्रनगरले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

महेन्द्रनगरका लागि अमर सिंह रौटेलाले अविजित २८ रन जोडे । यस्तै कप्तान शरद भेषवाकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए । आनन्द सुब्रमन्यु १५ र रोहित कुमार पौडेलले १० रन बनाएर आउट भए ।

काठमाडौंका राशिद खानले ३ तथा अंकित दबासले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३४ रन बनाएको थियो । काठमाडौंको उच्च स्कोरमा अंकित दबासले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङस खेले । दबासले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्की २२ रनमा अविजित रहे । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा महेबुब आलमले १३ रन जोडे । सोनु तामाङ र गौरव तमोर १/१ रनमा पेभेलियन फर्कदा अनिल कुमार साहले ६ रन बनाए ।

महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १/१ विकेट लिए । जितसंगै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको छ ।

काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो । महेन्द्रनगरको भने यो लगातार दोस्रो हार हो । महेन्द्रनगर पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससंग २ रनले पराजित भएको थियो ।

शाभार सुदुर खबर बाट

चर्चामा

सम्बन्धित समाचार