बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बिभिन्न शैक्षिक संस्थामा सरस्वती पुजा धुमधाम मनाईदै

बिभिन्न शैक्षिक संस्थामा सरस्वती पुजा धुमधाम मनाईदै

  • आइतवार, माघ २७, २०७५
बिभिन्न शैक्षिक संस्थामा सरस्वती पुजा धुमधाम मनाईदै

लक्ष्मीराज पाध्याय,बाजुरा
माघ २७
जिल्लाका बिभिन्न शैक्षिक संस्था बिद्यालयमा आज सरस्वतीको पुजा धुमधाम मनाईदै छ । माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज मनाईदैछ । बसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन । तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवी का रूपमा आराधना गर्छन्।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । जिल्ला सदरमुकाम मार्तडीमा रहेका मालिका माबी, बालमन्दिर प्राबी लगायत सामुदायीक तथा निजी आबासीय बिद्यालयहरुले बिहानदेखी धुमधाम पुजाआजाका लागी लाईनमा बसीरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार