बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बाजुरामा भारी बर्षा संगै हिमपात जनजीवन प्रभावित

बाजुरामा भारी बर्षा संगै हिमपात जनजीवन प्रभावित

  • बिहिबार, माघ २४, २०७५
बाजुरामा भारी बर्षा संगै हिमपात जनजीवन प्रभावित

बाजुरा,माघ २४। बाजुरामा फेरी एक हप्ता पछि बर्षा संगै माथिल्लो भेगमा हिमपात भएको छ । शुक्रबार राति देशभर सामान्यदेखि पुर्ण बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना भएकोे छ । बाजुरामा बर्षा संगै उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा चार पटक हिमपात भएको हो ।।
हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । क मार्तडि ख कोल्टि को यातायात ठप्प र आवत वातवातमा समस्या भएको छ । शुक्रबार मौषम बदली भै रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । शुक्रबार एकाएक मौसम बदली भएर रातीबाट लेकाली भेगमा हिमपात भएको छ भने तल्लो भेगमा भारी बर्षा हुन थालेको हो । मान्छेको आवतजावतसमेत रोकिएको छ ।
जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा भारी बर्षा संगै माथिल्लो भेगमा हिमपात भएको छ । एक हप्ता पछि फेरी स्थानीय बासीलाई भारी बर्षा संगै हिमपात हुन थालेपछि जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन्

सदरमुका मानिस घरमा आगो तापेर बसेका छन् । हिमपातले संगै भारी बर्षाका कारण सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ । मार्तडी कोल्टी सडकमा चल्ने ट्र्याक्टर र जीप सेवासमेत बन्द भएको प्रहरीले जनकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार