बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने मन्त्रिपरिषदको निर्णय

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने मन्त्रिपरिषदको निर्णय

  • बुधबार, माघ २३, २०७५
क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने मन्त्रिपरिषदको निर्णय

सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा क्रिकेट खेलाडीलाई पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे।
यसअघि हिजो नेपाल फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न बिमानस्थल पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले सबै खेलाडीलाई जनही ५-५ लाख पुरस्कार दिन सरकारलाई सिफारिस गरेको जानकारी गराएका थिए।

चर्चामा

सम्बन्धित समाचार