आईजीपी कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृत भोलिदेखि सेवा निवृत्त हुँदै
काठमाडौँ— प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू सोमबारबाट सेवा निवृत्त हुँदै छन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमान्ड गरे । कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, […]