कञ्चनपुर – मोटरसाईकल दुर्घटनामा परेर कञ्चनपुरको पुनर्वास नगरपालिकाका वडा सदस्य पृथ्वी गुरुङको मृत्यु भएको छ । दुई साता अघि दाङको गोरुसिङ्गेमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गुरुङको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो।
गुरुङ २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भएका थिए।