काठमाडौं– नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको प्रशिक्षण भेला बुधबार राजधानीमा भइरहेकाे छ ।
भेलामा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाट ओलीपक्षका कार्यकर्ताहरूलाई काठमाडौं बोलाइएको हो। भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षका सामाजिक विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेपछि प्रदेशमा दुई पक्षबीचको द्वन्द्व चर्किएको छ। प्रदेशमा प्रचण्ड र नेपाल पक्षसँग सामना गर्ने रणनीतिको तयारी तथा अन्य विषयमा प्रशिक्षण हुनेछ।
प्रशिक्षण बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा राखिएको छ। जहाँ केही दिनअघि प्रचण्ड र नेपाल पक्षले केन्द्रीय सदस्यहरूको भेलाले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेका थिए।