लामो समय देखि घरमै थला परेका बडिमालिका नगरपालिका ९ का लालबहादुर विकलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । अमेरिकामा बस्ने बाजुरालीहरुले पठाएको सहयोग रकम मार्फत विकलाई १० हजार सहयोग गरिएको पत्रकार प्रेम रौलेले जानकारी दिएका छन् ।
चार वर्ष अघि भारतको नयाँ दिल्लीमा कारको ठक्कर घाइते भएका विक लामो समय देखि मानसिक स्थिति समेत सहि अवस्थामा छैन । लामो समय देखि घरमै अशक्त अवस्थामा रहेका छन् । पछिल्लो समयमा घरमै रहेको वेला घरको सिडीमा लडेर पुन चोट लागेपछि उनको अवस्था झन जटिल भएपछि उनलाई आर्थिक सहयोग गरिएको नेपाल पत्रकार महाँसंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले बताएका छन् ।
उनले दैनिक आैषधि किनेर खानु पर्ने भएकाले केही दिनका लागि भएपनि सहयाेग हाेस भनेर सहयाेग गरिएकाे छ । लाल बहादुरका दुइ सन्तान र एक श्रीमाती रहेका छन ।