बाजुरा– सडक समस्यालाई प्रमुख मुद्दाका रुपमा लिई समाधानका लागि सामुहीक पहल गर्न सरोकारवाला सहमत देखिएका भएका छन् । नागरिक समाज बाजुराले आयोजना गरेको भर्चुअल बैठकमा सहभागि संघिय सांसददेखि प्रदेश मन्त्री, स्थानीय तहका जनप्रतिनिधी सबैले सडक समस्या समाधान गर्न सामुहीक पहल जारी राख्ने जनाएका छन् ।
साँफे मार्तडी सडक समस्याकै कारण अन्य जिल्लासँगको सडक सम्पर्क टुटेको, आवत जावत रोकिएको र दैनिक उपभोग्य समान अभावकै कारण दैनिक जनजीवन कष्टकर बनेको निष्कर्ष सहीत नागरिक समाजले सर्वपक्षिय भुर्चअल बैठक राखेको हो । जिल्लाबाट प्रतिनिधीत्व गर्ने प्रतिनिधी सभा सदस्य, प्रदेश मन्त्री, सांसद, गाउँ तथा नगरपालिकाका प्रमुख, कर्णालि शुदुरपश्चिम सडक डिभिजन प्रमु, जिल्ला स्थित सरोकारवाला पक्षको सामुहीक उपस्थितिमा बैठक सञ्चालन गरिएको नागरिक अगुवा शेरबहादुर रावलले बताएका छन् ।
नागरिक समाजका अगुवा मदनराज जैशीले सञ्चालन गरेको बैठकमा जिल्लाको अवस्था र समाधानको विकल्प सहीतको अवधारण पत्र नागरिक अगुवा शेरबहादुर रावलल प्रस्तुत गरेका थिए । बैठकमा प्रमुख अतिथिका रुपमा सहभागि प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले सडक समाधान नै पहिलो जिम्मेवारी ठानेर लागिरहेको बताएका छन् । उनले सडक बिभाग सँग समन्वय भइरहेकाे चाडै सडक खुलाउने तयारी रहेकाे वताएका छन् ।
बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सडकको दीर्घकालिन समाधानको बाटो रोज्नु पर्नेमा जोड दिएका छन् । राजमार्ग साँफे मार्तडी सडक सञ्चालनसँगै प्रदेश सरकारले गौरवको योजनाको रुपमा लिएको काँडा, आटीचौर मार्तडी सडक र मार्तडी कोल्टी सडकलाई निरन्तरता दिनु पर्ने बताएका छन् । जनतालाई सहजताका लागि दीर्घकालिन समाधानसँगै अल्पकालिन समस्या समाधानका लागि पनि प्रक्रिया जारी राख्नु पर्ने सुझाव दिएका छन् । बाजुराको सडक, समस्या र समाधान विषयक छलफलमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले प्रदेशका तर्फबाट हुने सहयोग र लगानी गरिने बताएका छन् ।
बैठकमा सहभागिहले तत्काल सडक खुलाउनका लागि सबैले लाग्नु पर्ने वताएका छन् । अल्पकालिन र दिर्घकालिन उपाय निकालेर अगाडि बढ्नु पर्ने वताएका छन् । सडक डिभिजन कार्यलयले बार्जुगाडमा अबराेध भएकाे सडक खुलाउन शुरु गरिसकेकाे छ ।