शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीका ४० कोरोना संक्रमित, जस्को ‘ट्राभल हिस्ट्री’ नै छैन्

धनगढीका ४० कोरोना संक्रमित, जस्को ‘ट्राभल हिस्ट्री’ नै छैन्

  • बुधबार, भदौ १०, २०७७
धनगढीका ४० कोरोना संक्रमित, जस्को ‘ट्राभल हिस्ट्री’ नै छैन्

 सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ। धनगढीमा संक्रमण पुष्टि भएका झण्डै २० प्रतिशत संक्रमित स्थानीय रहेका छन्।

मंगलवार ५ जना स्थानीय संक्रमित थपिएसंगै धनगढीमा स्थानीय संक्रमितको संख्या ४० पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

मंगलवार धनगढीका सात जनामा कोरोना पुष्टि भएकोमा पाँच जना स्थानीय संक्रमित रहेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

ट्राभल हिस्ट्री नभएका पाँच जना मध्ये चार जना सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्। तीन महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। एक जना संक्रमित भने धनगढीमै एमआरको काम गर्दै आएका छन्।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले हाल सम्म धनगढीका दुई सय दुई जनामा संक्रमण पुष्टि भएको बताउँदै ४० जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए। अहिले सम्म ट्राभल हिस्ट्री नभएका १० जना स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी, चार जना शिक्षक र चार जना व्यापारीमा संक्रमण पुष्टि भएको छ।

यस्तै दुई जना चालक, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी, एक जना एमआर र एक जना बैंकका कर्मचारीमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै चार जना व्यापारीका परिवारका सदस्य र तीन जना संक्रमित शिक्षिकाका परिवारका सदस्यलाई पनि कोरोना देखिएको छ। बाँकी चार जना भने सर्वसाधारण हुन्।

उनीहरुमध्ये एक जना संक्रमितको मृत्यु भईसकेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। नेपालमा पहिलो पटक स्थानीय संक्रमण धनगढीमै फेला परेको थियो।

दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो।

चर्चामा

सम्बन्धित समाचार