सुदूरपश्चिम प्रदेशमा भदौका सात दिनमा ती सय ८५ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, डोटी जिल्ला अस्पताल र प्रदेश बाहिर रहेका विभिन्न अस्पतालका प्रयोगशालामा भएको परीक्षणमा भदौ महिनामा मात्रै सुदूरपश्चिमका तीन सय ८५ जनामा संक्रमण देखिएको हो।
भदौ १ गते सुदूरपश्चिमका पाँच जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पाँच जनामा संक्रमण देखिएको थियो।
भदौ २ गते सुदूरपश्चिम प्रदेशका ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण देखिएको थियो।
भदौ ३ गते भने सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा र धनगढी प्रयोगशालामा भएको परीक्षण १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका थिए।
भदौ ४ गते सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको दैनिक संक्रमण दर बढेको थियो। ४ गते मात्रै सुदूरपश्चिममा एक सय २९ जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय २९ जनामा संक्रमण देखिएको थियो।
भदौ ५ गते थप एक सय जनामा कोरोना पुष्टि भएको थियो। उक्त दिन सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशाला र प्रदेश बाहिरका अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका एक सय जना संक्रमित थपिएका थिए।
भदौ ६ गते कैलालीका १३ सहित सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको थियो।
भदौ ७ गते भने कैलालीका ३२ सहित सुदूरपश्चिम प्रदेशका थप ७५ जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका अनुसार यो अवधिमा सुदूरपश्चिमका पाँच हजार ८ सय ४९ जनाको कोरोना परीक्षण भएको छ।