
लगातारको बर्षा सँगै बुढिगंगा नदिले कटानले गर्दा बाजुरा र अछाम जिल्लामा खेतियोग्य जमिन बगरमा परिणत हुदै गएका छन् । बर्षातको समयमा नदिले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौ बस्ति समेत नदिको जोखिममा रहेको स्थानियले वताएका छन् ।
बुढिगंगा नगरपालिका १ अमकोटमा १ सय ७ परिवारको खेतियोग्य जमिन बुढिगंगा नदिले कटान गरेको छ भने त्यस्तै सोही नगरपालिका ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत भएको वडा अध्यक्ष हिरा थापाले बताएका छन् । आफ्नो १९ मुरि धान फल्ने खेत बगाएको छ, घर पनि पुर्ण रुपमा जोखिममा भएकाले घरनै छोडेर लेख तिर बसाई सर्न लागेको स्थानिय हिरा पाध्ययाले वताएका छन् । धान फल्ने खेत नै नदिले कटान गरेपछि खाद्य सकंट सम्भाबना समेत बढेको छ ।
नदिका कारण बडिमालिका नगरपालिका २ पानि नाउलामा २५ परिवारको जग्गा नदिने पुरै कटान गरेको स्थानिय धन बढुवालले वताए । प्रत्येक बर्ष कटान गर्दै आएको थियो, यो बर्ष देखि पुर्ण रुपमा खेतियोग्य जमिन बगाएको उनले वताए । त्यस्तै त्रिबेणी नगरपालि ३ वडा र बुढिगंगा नगरपालिका ३ वडाको खेतियोग्य जमिन नदिले कटान गदै आएको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन् । नदिको छेउमै रहेका ताप्रीसेरा, राप्का, बार्जुगाडा, मौर लगायत बजार उच्च जोखिममा रहेको शाहले वताए । तल बाट नदिले कटान गर्दै आए पछि बजार जोखिममा रहेका छन्, केही बिस्थापित भइसेको उनले वताए ।
त्यस्तै बुढिगंगा नदिले अछाम जिल्लामा पनि खेतियोग्य जमिन कटान गदै आएको साँफेबगर नगरपालिका २ बस्ने कमल साउदले वताएका छन् । साँफेबगर नगरपालिकाको बुढाबगर, ठाँटि, साँफे र कालिमाटिमा खेतियोग्य जमिन कटान गर्दै आएको छ । जग्गा कटान गर्दै आएपछि बस्ति समेत जोखिममा रहेको स्थानियले वताएका छन् । बुढिगंगा नदिले अछाममा रहेको धार्मिक स्थल बजैनाथ क्षेत्रको केही भुभाग पनि कटान गर्दै आएको छ । मन्दिर पनि नदिको चपेटमा परेको छ ।
नदिको मारमा साँफे मार्तडी सड्क खण्ड पनि परेको छ । अछामको साँफे देखी बाजुराको मार्तडी सम्म ५७ किलोमिटर मध्ये अधिकांश सड्क खण्डको नदिकै किनारमै रहेको छ । साँफे मार्तडी सडक खण्डको ताप्रिसेरा देखी पानिनाउँला सम्म २० ठाँउ भन्दा बढि क्षेत्रमा पहिरो गएको छ ।
