• होमपेज
  • समाज
  • जन्म उत्सबमा बृक्षारोपण

जन्म उत्सबमा बृक्षारोपण

  • बुधबार, साउन ७, २०७७
जन्म उत्सबमा बृक्षारोपण

बाजुरा ७ साउन — यूवा ब्याबसायी तथा राष्टिय युवा सघ बाजुरा जिल्ला कमिटी सदस्य मिलन ऐडीले आफ्नो जन्मउत्सबमा बृक्षारोपण गरेर मनाएका छ ।
बाजुरा जिल्ला सदरमुकामको कारागार यरीयाको मुनीको सडक छेउछाउमा रुख रोपेर जन्मउत्सब मनाएको ऐडीले बताए ।
जन्मदिन भन्दै जम्मा भएर होटेल पसलमा फजुल खर्च गर्नु भन्दा रुख रोपे बाताबरण हरियो हुने बस्ति पहिरोबाट जोगिन सक्ने भएकोले बृक्षा रोपण गरेको उनले बताए ।


ऐडी हरेक बर्ष जन्म उत्सब फरक तरिकाले बनाउने गरेका छन् । यो भन्दा पहिलाको जन्मउत्सब बुढीगंगा नगरपालिका २ को कन्सन बाजुरा नमक बाल गृहका बालबालिकाहरुलाई सहयोग गरि अन्य असायहरुलाई सहयोग गरेर मनाएका थिए । भने यो बर्ष बृक्षा रोपण गरेर बनाएका छन् ।
जन्नउत्समा भेटेर शुभकामना दिने साथिहरुलाईसंगै लगेर आफूसंगै बृक्षारोपणमा सहयोग गरेको मिलनले बताए ।

चर्चामा

सम्बन्धित समाचार