• होमपेज
  • देश
  • सुदूरपश्चिममा एकैदिन १३४ संक्रमित डिस्चार्ज

सुदूरपश्चिममा एकैदिन १३४ संक्रमित डिस्चार्ज

  • सोमवार, असार २९, २०७७
सुदूरपश्चिममा एकैदिन १३४ संक्रमित डिस्चार्ज

धनगढी : सुदूरपश्चिम प्रदेशमा आईतबार एकैदिन एक सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कञ्चनपुर, डडेल्धुरा र अछामबाट आईतबार एक सय ३४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

उनका अनुसार सबैभन्दा बढि डडेल्धुराका ७१ जना, अछामका ५२ जना र कञ्चनपुरका ११ जना संक्रमित डिस्चार्ज भएका हुन्। यो सँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार चार सय ७१ पुगेको महाशाखा प्रमुख कार्कीले बताए।

सुदूरपश्चिममा अहिले सम्म तीन हजार नौँ सय २० जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने दुई हजार चार सय ४१ एक्टिभ केस रहेका छन्।

उनीहरु मध्ये प्रदेशका विभिन्न अस्पतालमा ७९ जना संक्रमितको उपचार भईरहेको छ। टीकापुर अस्पतालमा सबैभन्दा बढि ३९ जना, महाकाली अस्पतालमा १८ जना, जिल्ला अस्पताल अछाममा १० जना, सेती प्रादेशिक अस्पतालमा ७ जना, मालाखेती अस्पतालमा तीन जना र जिल्ला अस्पताल डोटीमा दुई जनाको उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै प्रदेशका विभिन्न अस्पतालका आईसोलेसनमा उपचारपछि घर फर्किनेको संख्या सात सय १५ रहेको छ। सेती प्रादेशिक अस्पतालबाट सबैभन्दा बढि एक सय ८२ जना डिस्चार्ज भएका छन्।

डडेल्धुरा अस्पतालबाट एक सय ६ जना, टीकापुर अस्पतालबाट ६०, महाकाली र बयलपाटा अस्पतालबाट ९८/९८ जना, जिल्ला अस्पताल डोटीबाट ३८ जना, जिल्ला अस्पताल बझाङबाट ३१ जना, अछामबाट २८ जना, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट १६/१६ जना, मालाखेती अस्पतालबाट १५ जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। #दिनेश

चर्चामा

सम्बन्धित समाचार