• होमपेज
  • देश
  • स्वाब संकलन गरेर पठाएको १७ दिन सम्म पनि पिसिआर रिपोट आएन

स्वाब संकलन गरेर पठाएको १७ दिन सम्म पनि पिसिआर रिपोट आएन

  • बुधबार, असार ३, २०७७
स्वाब संकलन गरेर पठाएको १७ दिन सम्म पनि पिसिआर रिपोट आएन

बाजुरामा जिल्ला बाट स्वाब संकलन गरेर धनगढी पठाएको १७ दिन बितिसक्दा पनि रिपोट आएको छैन् । जेठ १७ गते आईतवार कोरोनाका कारणले बालिकाको मृत्यु र आमा संक्रमित पुष्टि भएको थियो । उनिहरु बसेको धुरालसैन क्वारेनटाइन, उनिहरु आएको बसको, स्वास्थ्यकर्मी र प्रहरीको १९ गते स्वाब संकलन गरेर धनगढी पठाएको थियो ।
स्वाब संकलन गरेर प्रादेशिक अस्पताल धनगढी पठाएको भएपनि अहिले सम्म ६२ जनाको रिपोट नै नआएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । केहीको त आएको हो, तर केही भने अहिले सम्म नआएको रिपोट आउछकी भनेर पर्खीरहेका छौ, रिपोट आउने कुनै पत्तो समेत भएको छैन् । रिपोट नै नआएपछि १९ जना संक्रमित सँग बसेका ६२ जना भने घर गइसकेका छन् ।
जेठ गते देखी स्वाब संकलन गरेर धनगढी पठाएको भएपनि १९ गतेको पनि रिपोट नै नआएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । स्वाब संकलनको रिपोट ढिला हुने र प्रयोगशामा धेरै स्वाबको रिपोट आउन बाकि रहेपछि प्रदेश सरकारले यो भन्दा पहिला ५ दिन सम्म स्वाब संकलन नगर्ने जिल्लामा पत्रचार गरेको थियो । पुरानै रिपोट आउन बाकि छ, आरडिटि पोजेटिभको स्वाब संकलन गरेर त पठायौ रिपोट आउने अत्तोपत्तो नभएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बाजुरामा आरडिटि चेकमा ८ सय ६५ जना पोजेटिभ देखिएका छन् । उनिहरु सबै क्वारेनटाइनमा रहेका छन् । उनिहरुको पिसिआर रिपोटका लागि क्वारेनटाइनमा राखिएको छ । तर क्वारेनटाइनमा बसेकाले रिपोट नआएको भन्दै घर जानपाउनु पर्ने माग राखीरहेका छन् ।
पुरानै रिपोट आउन बाकि छ, अहिले स्वाब संकलन गर्नका लागि पनि भिकटिएम अभाब रहेको छ । शुदुरपश्चिम प्रदेशमा पिसिआर चेक गर्ने एउटा मात्र प्रयोगशाला धनगढी रहेको छ, धेरै चाप भएकाले रिपोट ढिला आउने गरेको प्रदेश सरकारले वताएको छ । एउटा मात्र चेक गर्ने मेसिन भएपनि अर्को ब्यबस्थापनका लागि प्रदेश सरकारले कुनै चाँसो नदेखाएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार