• होमपेज
  • अन्तर्राष्ट्रिय
  • मलाई जिउँदो राख्न डाक्टरले थुप्रै लिटर अक्सिजन दिएका थिएः बेलायती प्रम

मलाई जिउँदो राख्न डाक्टरले थुप्रै लिटर अक्सिजन दिएका थिएः बेलायती प्रम

  • आइतवार, बैशाख २१, २०७७
मलाई जिउँदो राख्न डाक्टरले थुप्रै लिटर अक्सिजन दिएका थिएः बेलायती प्रम

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री जोनसन २६ मार्चमा कोरोना संक्रमित पाइएका थिए । तत्पश्चात् उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गर्नुपरेको थियो ।

अहिले उनी पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् । सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए ।

अस्पतालमा आफूले जतिबेला पनि यो स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै सोचेको गरेको उनले बताए । उनकी पार्टनर केरी साइमन्ड्सले बोरिसको उपचारमा खटिएका दुई डाक्टरको नाममा आफूहरुले छोराको नाम राखेको जानकारी दिइन् ।  प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना दिँदै उनीहरुलाई धन्यवाद पनि दिए ।

चर्चामा

सम्बन्धित समाचार