काठमाडौं । भारतको बिहारमा प्रचण्ड गर्मीका कारण मृत्यु हुने ब्यक्तीको संख्या ७१ पुगेको छ ।
बिबिसिका अनुसार मृत्यु हुनेमा बिहार राज्यको औरंगाबाद, गया र नवादा जिल्लाका रहेका छन् । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा मा १३ गरी ७१ जनाको गर्मीका कारण मृत्यु भएको हो ।
मृतकहरुको संख्याबारे बिहार सरकारले पुष्टी नगरेपनि त्यहाँका जिल्ला अस्पतालहरुले मृतकको संख्या पुष्टि गरेको छ । बिहारका विभिन्न अस्पतालमा सयभन्दा बढि विरामीहरुको उपचार भइरहेको छ । राज्य सरकारले अस्पतालहरुलाई हाई अलर्टमा राखेको छ ।
गर्मीका कारण मृत्यु भएका परिवारलाई बिहार सरकारले प्रती परिवार चार लाखका दरले राहात दिने घोषणा भने गरेको छ ।
दिमागी ज्वरोका कारण करिब १०० बच्चाहरुको मृत्यु
बिहारमा गर्मीसंगै बच्चाहरुमा फैलिएको दिमागी ज्वरो माहामारीकै रुपमा फैलिदा अहिलेसम्म १०० जना बच्चाहरुको मृत्यु भइसकेको छ । बच्चाहरुमा फैलिएको ज्वरो नियन्त्रणमा आउन नसक्दा प्रभावितहरुको संख्या बढ्दै गइरहेको छ । ज्वरोका समस्या नियन्त्रणमा सरकार गम्भिर नभएको भन्दै स्थानियहरुले सरकारको बिरोध गरिरहेका छन् । डाक्टरहरुका अनुसार ज्वरोका कारण मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो थियो । १०८ सम्म ज्वरो आउनु अत्यन्त खतरनाक अवस्था मानिन्छ ।
विरामीलाई कडा ज्वारो, वान्ता आउने, टाउको दुख्ने, ज्यान दुख्नेजस्ता समस्याहरु देखिएका छन । केन्द्रीय स्वास्थ मन्त्री डा. हर्षवर्धनले गर्मीमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।