• होमपेज
  • बाजुरा बिशेष
  • गाँजा फडानी अभियानमा बाजुरा प्रहरी

गाँजा फडानी अभियानमा बाजुरा प्रहरी

  • बिहिबार, बैशाख २६, २०७६
गाँजा फडानी अभियानमा बाजुरा प्रहरी

मदन वि.क.
बाजुरा २६ बैशाख
जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा निन्यन्त्रण संगै गाँजा फडानी अभियान समेत संचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले पछिल्लो समयमा मदिरा नियन्त्रण संग–संगै अबैध गाँजा समेत नियन्त्रण गर्ने अभियान संचालन गरेको हो ।
बैशाख २१ गते शनिबार बडीमालिका नगरपालिकाको वडा नं. १ पाटा गाउँमा १४ रोपनी खेतीयोग्य जमिनमा स्वतः उम्रेर झाँगिएको गाँजालाई फडानी गरि गाँजालाई नियन्त्रण गर्न प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट सहित खटि गएको प्रहरीको टोलीले सो अभियानको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गाँउमा स्वतः उर्मेर झाँगीएको गाँजालाई फडानी संगै नष्ट गरि नियन्त्रण गर्ने अभियान अन्तरगत १ हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न बस्तीमा रहेको २९ रोपनी जग्गामा भेटाएको गाँजालाई नष्ट गरेको बताएको छ ।
२०७६ बैशाख २१ गतेबाट संचालन गरेको गाँजा फडानी गरी नष्ट गर्ने अभियान अन्तरगत प्रहरीले पहिलोपटक बडीमालिका नगरपालिका १ पाटा गाउँमा १४ रोपनी जग्गामा रहेको गाँजा नष्ट गरेको छ ।
त्यस्तै अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न ठाउँमा भेटाएको गाँजा फडानी गर्दै आईरहेको छ । प्रहरीले एकहप्ताको अवधिमा प्रहरी चौकी डोगडीेले खप्तड क्षेडेदह गाउँपालिका वडा नं. ४ डोगडीमा ६ रोपनी त्यस्तै २२ गते प्रहरी चौकी कुन्नाले जगनाथ गाउँपालिका १ पिलुचौरमा १ रोपनी त्यस्तै २२ गते प्रहरी चौकी विछ्याले हिमाली गाउँपालिका ५ विउडी र गोली बाटोको क्षेउछामा अन्दाजी १ रोपानी त्यस्तै अस्थाई प्रहरी पोष्ट जुडडीले जगनाथ गाउँपालिका २ जुडीमा ४ रोपनी त्यस्तै हिमाली गाउँपालिका ६ बोल्डीगमा अढाई रोपनी त्यसै गरि इलाका प्रहरी कार्यालय गौमुलले गौमुल वडा नं. २ दहकोटमा १ रोपनी जग्गामा रहेको गाँजा नष्ट जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
‘धान, गहुँ, कोदो र मकै फल्ने खेतीयोग्य जग्गामा गाँजा आफै फैलिएको पाईएपछि प्रहरीले खेतमै गएर फडानी गर्दै आईरहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।
उनले भने सूरुमा आफु जिल्लामा प्रवेश गरेदेखि बाजुरामा गाँजा छैन भन्ने लागेको थियो पछि हेर्दा त जिल्लाका सवै जसो ठाउँमा गाँजा भेटिएको पाईएपछि गाँजा फडानी गरि नष्ट गर्ने अभियान समेत संचालन गरेको प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिए ।
विशेष गरेर बैशाख र जेठमसान्तमा गाँजा पाक्ने भएकाले यसलाई पाक्न नदिएरै गाँजालाई फडानी गर्ने गरि लागिरहेको भाटको भनाई छ ।
बाजुरा जिल्लामा प्रहरी नायव उपरिक्षक भाट प्रवेश गरेदेखि नै जिल्लाको समग्र शान्ति सुरक्षामा मजवुत बन्दै गएको छ । विशेष गरेर जिल्लामा मदिरा उत्पादन तथा सेवनकै कारण समाजमा हिँसा हुने भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले दिन प्रतिदिन मदिरालाई नियन्त्रण गर्न जिल्ला भरि नै मदिरा नियन्त्रण गर्ने अभियान संचालन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार