• होमपेज
  • बाजुरा बिशेष
  • त्रिबेणीले सुरु गर्यो जिल्लामा पहिलो पटक मुठी बचत

त्रिबेणीले सुरु गर्यो जिल्लामा पहिलो पटक मुठी बचत

  • बिहिबार, बैशाख २६, २०७६
त्रिबेणीले सुरु गर्यो जिल्लामा पहिलो पटक मुठी बचत

बडीमालिका खवर
बाजुरा २६ बैशाख
जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिबेणी बचत तथा रिण सहकारी संस्थाले मुठी बचतको सुरुवात गरेको छ । बाजुरा जिल्लामा त्रिबेणी सहकारी संस्था लिमिटेटले पहिलो पटक मुठी बचतको सूरुवाती गरेको हो ।
एकका लागि सबै सबैका लागी सहकारी हो भन्ने मुल नाराका साथ मुठी बचतको सुरुवात गरेको त्रिबेणी बचत तथा रिण सहकारी सस्था लिमिटेट बाजुराका ब्यबस्थापक दयाराम पण्डितले बताए । बिहान बेलुका खाना पकाउने समयमा एक मुठी चामल वा जुनसुकै अन्न जम्मा गरि बचत गर्ने र सो बचतको रकम भैपरी आउने समस्यालाइ टार्नका लागी सो अभियान संचालन गरिएको ब्यबस्थापक पण्डितले बताएका छन । पहिलो पटक जिल्ला सदमुकाम मार्तडीको रावलबाडाबाट सो अभियान संचालन गरि बचत संस्थाको सेवा क्षेत्र भरी संचालन गरिने लेखा समिति संयोजक काशी प्रशाद जोशीले बताए । यो पहिलो पटक सुरुवात गर्दा केही अफ्टेरो भए पनी सबै भन्दा सजिलो बचत गर्ने तरिका भएकोले मुठी बचत प्रभावकारी बन्ने बताए । मुठी बचत कार्यक्रम बडीमालिका नगरपालिको वडा न ८ बाट संचालन गरिएको र दोस्रो अभियान सो नगरपालिकाको वडा न ७ हुदै सेवा क्षेत्र बिस्तार गर्ने सहकारी संस्थाका अध्यक्ष अशोक रावलले बताएका छन् । पहिलो पटक वडा न ८को रावलभाडा, बाउली, थापावाडा, रतुडा, झराउलेबाट सूरुवात गरिने अध्यक्ष रावले बताएका छन् ।
संस्थाका अध्यक्ष अशोक रावलको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट रहेकी थिइन । संस्थाका सचिव जनक थापाले संचालन गरेको कार्यक्रममा ब्यबस्थापक दयाराम पण्डित, नेपाल पत्रकार महासघं बाजुरा शाखाका सदस्य लक्ष्मीराज पाध्याय, सहकारी संस्थाका बिभिन्न समिति उपसमितका पदाधिकारी बचतकर्ता , सियर सदस्य लगायत बिभिन्न संचार माध्याममा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । सो अभियानको सूरुवात आजदेखी जिल्लामा पहिलो पटक संचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार