शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका चार स्थानिय तह जोडीए सडक सञ्जालमा

बाजुराका चार स्थानिय तह जोडीए सडक सञ्जालमा

  • बिहिबार, चैत्र ७, २०७५
बाजुराका चार स्थानिय तह जोडीए सडक सञ्जालमा

प्रकाश सिंह /मदन बि.क.
बाजुरा, ७ चैत
बाजुरा जिल्लाका चार ओटा स्थानिय तह सडक संजालमा जोडीएका छन् । नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा सञ्चालनमा ल्याईए पछी सडक संजालमा जोडीएका हुन् । कर्णाली करीडोर अन्तर्गत बाजुरा खण्ड कालिकोट र बाजुरा सिमाना लैफू देखी बाजुराको लेब्डी सम्म ३१ किलोमिटर सडक आजदेखी सञ्चालनमा आएको छ ।


प्रतिनिधि सभाका सासंद लाल बहादुर थापाले एक कार्यक्रमका माझ सडक सञ्चालनको उद्धघाटन गरेका छन् । सड्क सञ्चालनमा आए सँगै बाजुराका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाँउपालिका र बुढिन्नदा नगरपालिका सड्क सञ्जालमा जोडीएका छन् । त्यस्तै कालिकोट र मुगको स्थानियलाइ समेत सहज भएको स्थानियको भनाइ रहेको छ ।
सडक सञ्चालन जोडीएपछि बाजुराको सबै भन्दा दुर्गम गाँउपालिकामा यातायातको पहुँच पुग्नुका साथै त्यो क्षेत्रका स्थानियलाइ सहज पुगेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताएका छन् । नेपाली सेनाले ट्रयाक खोले लगतै यातायात सञ्चालन ल्याईएको प्रमुख जिल्ला अधिकारी बरालले बताएका छन् । सडक सुधारको काम भइरहेको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, राजनितिक दलको आग्रमा सञ्चालनमा ल्याईएको कर्णाली करीडोरको तिथि चौर क्याम्पका उप सेनानी शंकर सिलवाले वताएका छन् ।


अहिले लाई यो सड्कमा जीप र मालबाहक ट्रक मात्र सञ्चालनमा ल्याउने जगन्नाथ गाँउपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । हाम्रो आग्रह अनुसार सेनाले सञ्चालनका लागि अनुमति दिएको शाहिले वताए । सड्क बिभागलाई सेनाले हस्तान्तरण नगर्दै सिमित सवारी साधन सञ्चालनका लागि सड्क सञ्चालनमा ल्याएको सेनाले वताएका छन् । बाजुराका यी स्थानिय तह, कालिकोट, मुगु र हुम्लाका दुर्गम बासिन्दालाई ठुलो राहत पुग्ने भएको छ । समयमै उपचारका लागि सुबिधा सम्पन्न ठाँउमा लिन पनि समस्या हुने गरेको थियो, साथै सधै खाद्यन्नको चपेटमा रहदै आएको सो क्षेत्रमा अबदेखी केही राहत हुने त्यँहाका स्थानियले बताएका छन् । सड्क सञ्चालनमा आएपनि निकै राहत भएको स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् ।
सड्क सञ्चालनमा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य लाल बहादुर थापा, बिशष्टि अतिथि राष्ट्रिय सभाका सदस्य बद्रि पाण्डे, पुर्व उद्योग मन्त्रि तथा नेकपाका शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, शुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रि प्रकाश शाह, प्रदेश सासंद बल्देब रेग्मि रहेका थिए ।


नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । अहिले सम्म १ सय ७ किलोमिटरमा भइरहेको काम मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले वताएका छन् । बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल बनाउने काम भइरहेको त्यो पुल सम्पन्न हुनै बितिकै सड्क यातायातले हुम्ला छुने सेनाले बताएको छ । अव यातायातले नछुएको जिल्ला नेपालमा हुम्ला मात्र रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार