शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा गयो भूकम्प

अफगानिस्तानमा गयो भूकम्प

  • बुधबार, बैशाख ३, २०८२
अफगानिस्तानमा गयो भूकम्प

बुधबार बिहान अफगानिस्तानमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का भारतका कयौँ क्षेत्रहरूमा समेत महसुस गरिएको बताइएको छ । यद्यपि, यसको सबैभन्दा ठुलो प्रभाव पाकिस्तान र ताजिकिस्तानमा पर्‍यो ।

बुधबार बिहान अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा ७५ किलोमिटर तल थियो। ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पलाई गम्भीर क्षति पुर्‍याउन पर्याप्त हुने गरी शक्तिशाली मानिन्छ । यद्यपि, अहिलेसम्म कुनै हताहत वा क्षतिको समाचार आएको छैन ।

म्यानमारमा पनि आइरहेछ भूकम्पको धक्का
यसअघि मार्च २८ मा म्यानमारमा गएको विनाशकारी भूकम्पपछिदिनहुँ त्यहाँको धर्ती हल्लिरहेको छ । सबैभन्दा पछिल्लो धक्का अप्रिल १४ मा आएको थियो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्प ४ रेक्टर स्केलको थियो ।

सोमबार बिहान १०ः०६ बजे जमिनबाट १०३ किलोमिटर मुनि भूकम्प गएको थियो । यसअघि आइतबार म्यानमारमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्र बिन्दु जमिनबाट १० किमी तल थियो ।

चर्चामा

सम्बन्धित समाचार