• होमपेज
  • राजनीति
  • समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ

समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ

चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

  • शनिबार, चैत्र १, २०८१
समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ

काठमाडौं — समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु लागिपरेको निष्कर्ष निकालेको छ ।

समाजवादी मोर्चामा आवद्ध चार दलले संयुक्त विज्ञप्ति निकालेर प्रतिगामी तत्वहरुविरुद्ध सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न पुगेको औंल्याएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारीका कारण देशले अप्ठेरो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ ।’

नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा हुँदा पनि सरकार बिचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ  ।

चर्चामा

सम्बन्धित समाचार