शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था होस् : सांसद खतिवडा

पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था होस् : सांसद खतिवडा

  • मङ्लबार, फाल्गुन १३, २०८१
पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था होस् : सांसद खतिवडा

काठमाडौं —प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद खतिवडाले जेष्ठ नागरिकलाई सहज सेवा दिनु राज्यको कर्तव्य भएकाले राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने बताए ।

सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले सरकारसँग माग गरे । ‘जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन हुँदैन,’ उनले भने, ‘पालिकाहरूबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न म सरकारसँग माग गर्दछु ।’

उनले सडक दुर्घटनामा परेकालाई राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नु पर्न पनि माग गरे । काभ्रेभञ्ज्याङमा आज बिहान भएको बस दुर्घटनाको सन्दर्भ उठाउँदै उनले दुर्घटनामा परेका सबैलाई राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार