शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेविसंघमा भाँडभैलो, इतर पक्षले समानान्तर कमिटी बनाउदै

नेविसंघमा भाँडभैलो, इतर पक्षले समानान्तर कमिटी बनाउदै

  • बिहिबार, पुस ११, २०८१
नेविसंघमा भाँडभैलो, इतर पक्षले  समानान्तर कमिटी बनाउदै

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको छ । १२औँ महाधिवेशन नजिकिँदै गर्दा नेविसंघमा समानान्तर अभ्यास भइरहेको छ। मातृ पार्टीको निर्देशनअनुसार अध्यक्ष दुजाङ शेर्पा १२ औँ महाधिवेशनको तयारीमा जुटिरहँदा कांग्रेसको ‘नर्सरी’ भनिने नेविसंघमा ‘भाँडभैलो’ मच्चिएको हो ।

गत असार १९ गते सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने कार्यादेश नेविसंघलाई दिएको थियो ।

कांग्रेसले नेविसंघको १२औँ महाधिवेशनका लागि समन्वय र सहयोग गर्न सह–महामन्त्री किशोर राठौरको संयोजकत्वमा ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ बनाएको छ । उक्त समितिमा केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र राजीव ढुङ्गाना सदस्य छन् ।

‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’सँगको समन्वयमा नेविसंघ अध्यक्ष शेर्पाले विधान संशोधन एवम् परिमार्जन समिति पनि बनाइसकेका छन् । तोकिएको समयमै महाधिवेशन गर्ने भन्दै उनले नेविसंघका केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्य (एनपी) को संयोजकत्वमा ३ सदस्यीय विधान संशोधन एवम् परिमार्जन समिति बनाएका हुन् ।

समिति सदस्यमा विवेक लिम्बू, राजेशकुमार श्रेष्ठ, सुनिल शाही र मञ्जु विश्वकर्मा छन् । विधान समिति गठन भएपछि नेविसंघ नेता–कार्यकर्ताले लामो समयदेखि हुन नसकेको महाधिवेशन समयमै सम्पन्न हुने आशा गरेका थिए । तर, पछिल्लो समय संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला निकट विद्यार्थीहरूले नेविसंघमा समानान्तर गतिविधि बढाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार