बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा पुरी चयन

एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा पुरी चयन

  • बिहिबार, कार्तिक २९, २०८१
एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा पुरी चयन

सुर्खेत– नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई बुधवार सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनले १४१ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ ।

प्रदेश अध्यक्ष चुनिएका पुरी यसअघि राष्ट्रिय सभा सदस्य समेत भइसकेका थिए । २०३१ साल मंसिर २३ गते बाँफिकोट गाउँपालिका—५, रुकुम पश्चिममा जन्मिएका पुरीले २०४६ साल देखि तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौँबाट विद्यार्थी राजनीतिक थालेका थिए ।

२०५० सालमा नेकपा एमाले दाङ जिल्ला कमिटीको कार्यालय सहायक भएर काम गरेका उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर लगातार १३ वर्ष काम गरे ।

एकीकृत समाजवादीको प्रदेश अधिवेशनबाट धिरबहादुर विष्ट सचिव र धनकुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार