• होमपेज
  • उप निर्वाचन बिषेश
  • एकीकृत समाजवादीमा कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धनकाे बाटाे खुल्ला

एकीकृत समाजवादीमा कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धनकाे बाटाे खुल्ला

  • बिहिबार, कार्तिक २२, २०८१
एकीकृत समाजवादीमा कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धनकाे बाटाे खुल्ला

काठमाडौं —नेकपा एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खुल्ला राखेको छ। एक्लै लड्ने तयारी गरेको भनेपनि सरकारमा भएका कांग्रेस एमालेबाहेक विपक्षी दलहरुसँग सहकार्यको विकल्प खुला राखेको हो।

मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ। पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको जनाएकाे छ । उपमहासचिव रामकुमार भट्टराईले भने, ‘हामी अहिले उम्मेदवार चयनको प्रक्रियामा छौं, २५ गतेभित्र भइसक्छ।’ उनले सम्भव भएसम्म धेरै ठाउँमा एक्लै चुनाव लड्ने तयारी गरेपनि आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए।

उनले थपे, ‘अब स्थानीय तहको निर्वाचन भएपछि कार्यगत एकता गर्ने भएपनि जिल्लाले नै निर्णय गर्छ हामीले सबै जिम्मेवारी तल दिएका छौं। आफ्नो अनुकुल हेरर सरकार विपक्षीहरुसँग गर्न सक्छ।’

उनले चुनावी गठबन्धनको लागि समाजवादी मोर्चामा भएका दलहरुलाई पहिलो प्राथमितामा राखेको बताए। मोर्चामा नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराया यादव पक्षको नेसपा सहभागी छ।

उनले भने, ‘हाम्रो पहिलो प्राथमिता मोर्चामा भएका दलहरु नै हो, आवश्यकता हेरेर अन्य दलसँग पनि हुनसक्छ। हामीले सबै अधिकार जिल्लालाई नै दिएका छौं। हामी सत्तामा भएका कांग्रेस एमालेसँग चाहिँ सहकार्य नगर्ने पक्षमा छौं।’

उनले विपक्षी दलहरुसँग सामान्य छलफल भइरहेपनि कुनै ठोस निर्णय नभएको बताए। नेकपा एसले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ। उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअघिसम्म माओवादीसहित अन्य विपक्षी दलसँग चुनावी गठबन्धन हुनसक्ने बताइन्छ।

माओवादीले पनि एक्लै लड्ने तयारी गरेपनि स्थानीय तहमा परिस्थिति हेरे सहकार्य गर्ने नीति बनाएको छ।

चर्चामा

सम्बन्धित समाचार