• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रहरी दिवस बाजुरामा पनि विविध कार्यक्रम गरी मनाइयो (तस्वीरहरू)

प्रहरी दिवस बाजुरामा पनि विविध कार्यक्रम गरी मनाइयो (तस्वीरहरू)

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी पुरस्कृत

  • बुधबार, अशोज ३०, २०८१
प्रहरी दिवस बाजुरामा पनि विविध कार्यक्रम गरी मनाइयो (तस्वीरहरू)

बाजुरा– नेपाल प्रहरीको ६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

No description available.

No description available.

बाजुरामा पनि बिबिध कार्यक्रम गरि जिल्ला प्रहरी कार्यालय बाजुराले पनि प्रहरी दिवस  मनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाजुराले ६९ औं प्रहरी दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार प्रदान  गरेकाे छ ।

No description available.

‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ भन्ने नाराका साथ स‌चालन भएकाे कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपिरक्षक दिलिप कुमार गिरीकाे अध्यक्षतामा स‌ंचालन गरिएकाे कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या रहेका थिए । समारोहमा प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले प्रहरीले  जस्तो सुकै विषम परिस्थितिमा पनि नागरिक मैत्री सेवा प्रवाहलाई केन्द्रबिन्दुमा राखी उच्च निष्ठासाथ कामकाे निरन्त्ररता हुदै आएकाे र यसलाइ निरन्त्ररता दिन अुनराेध गरेका छन । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाको शान्ति सुरक्षा बलियो  बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।  बुधबार ६९ औं प्रहरी दिवस समारोहमा प्रजिअ पाध्याले जिल्लामा हुने विभिन्न घटनाहरुलाई मध्येनजर गर्दै शान्ति सुव्यवस्था कायम हुने गरी तोकिएको कार्यमा खटिन निर्देशन दिएका हुन् ।

No description available.
जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको नेपाल प्रहरीको ६९ औं दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी पाध्याले भौगोलिक विकटाका कारण हुने अपराधिक गतिविधीलाई रोक्न प्रहरीले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।  जिल्लामा कतिपय प्रहरी चौकीहरु भाडामा बस्दै आएको र भौतिक संरचना अभावका कारण पनि नागरिकको सुरक्षामा खटिएर उत्कृष्ट योगदानप्रति धन्यवाद दिएका छन् ।

No description available.

भौगोलिक विकटता,भौतिक पुर्वाधार अभावमा पनि नागरिकलाई दिएको सेवाप्रति प्रजिअ पाध्याले प्रशंसा गरेका छन् । प्रहरीले नागरिकको सेवामा अनुशासित,मर्यादित भएर  काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  सुदृढ योगदान सहितको सुरक्षा व्यवस्था कायम गरी जिल्लामा हुने अपराधिक क्रियाकलापलाई न्युनिकरणमा प्रहरीको अहम् भूमिका रहेको उनले बताए ।

No description available.

कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष सुर्यकिरण विक, ससस्त्र प्रहरी नायव उपरिक्षक श्याम रावत सहायक प्रमख जिल्ला अधिकारी रुपक मण्डल,राष्टिय अनुसन्धान अधिकृत रहेका थिए । कार्यक्रमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, उध्याेग बाणिज्य स‌घ, पत्रकार महासघका प्रतिनिधी तथा जिल्ला स्थित बिभन्न स‌चार माध्याममा कार्यरत पत्रकारहरुकाे समेत सहभागिता रहेकाे थियाे ।

No description available.

दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय बाजुराले काममा उत्कृष्टता हासिल गर्ने १२ जना कर्मचारीलाई सम्मान गरेको छ ।  जसमा प्रहरी सहायक निरीक्षक नेत्रविक्रम साउँद, कैलाश कुमार चन्द्र, प्रहरी बरिष्ठ हवल्दार मानबहादुर अधिकारी, गोरखबहादुर खड्का, प्रहरी हवल्दार बलबहादुर रावल, गणेश सिंह महरा, प्रहरी सहायक हवल्दार रामसिंह धामी सम्मानीत भएका छन् ।

No description available.

यसैगरी प्रहरी जवान गणेशबहादुर विक, मिनबहादुर थापा, पारस पाध्याय, टेकबहादुर साउँद, प्रहरी कार्यालय सहयोगी गम्भीर रावललाई सम्मान गरिएको छ । कार्यसम्पादनमा उत्कृष्ट नम्बर ल्याउने १२ जनालाई नगद सहीत कार्यालय प्रमुख प्रहरी नाउव उपरिक्षक दीलिप गिरी र प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले सम्मान गरेका हुन् ।

No description available.

दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालयले खेल प्रयिोगिता पनि आयोजना गरेको थियो । जसमा टिटी प्रतियोगितामा प्रहरी नायव उपरिक्षक दीलिप कुमार गिरी प्रथम र प्रहरी जवान गणेश दत्त जोशी द्धितीय भएका छन् । ब्याडमिन्टल तर्फपनि प्रहरी हवल्दार पुष्कर जोशी र डबल बहादुर अधिकारीको टिम प्रथम भएको छ । भने प्रहरी सहायक हवल्दार करनसिंह लोथ्याल र प्रहरी जवान विष्णु बहादुर खड्काको टिम द्धितीय भएका छन् ।

No description available.

प्रहरी कर्मचारी बीचमै भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । जसमा गणेशसिंह महरा, योगेन्द्र सिंह धामी, भीमबहादुर धामी, विष्णुबहादुर खड्का, महेश विक, सागर रावल र धनश्यास साउँदको टिम प्रथम भएको छ । भने नेत्रविक्रम साउँद, नन्दराज भट्ट, इन्द्रबहादुर बाग, लक्ष्मण बहादुर भण्डारी, उमेश चदारा, पूर्णबहादुर ओखेडा, टेकबहादुर साउँदको टिम द्धितीय भएको छ ।

No description available.

No description available.

 

No description available.

 

 

No description available.

 

 

 

चर्चामा

सम्बन्धित समाचार