• होमपेज
  • अन्तर्राष्ट्रिय
  • टर्कीमा ११ जना आप्रवासी पक्राउ

टर्कीमा ११ जना आप्रवासी पक्राउ

  • आइतवार, अशोज २७, २०८१
टर्कीमा ११ जना आप्रवासी पक्राउ

टर्कीको टेकिर्दागमा ११ जना आप्रवासीलाई पक्राउ परेका छन्। गैरकानुनी तरिकाबाट सवारीसाधनमा भाग्न खोजेका उनीहरू पक्राउ परेको इहलास समाचार एजेन्सीले जानकारी दिएको छ। टर्कीको सराय जिल्लामा अनियमित बसाइँसराइविरुद्ध लड्नका लागि जेन्डरमेरी बलहरूले अभियान सुरु गर्दा उनीहरू पक्राउ परेका हुन्।

फरार संदिग्ध मानव तस्करलाई पक्रन प्रयास जारी रहेको बताइएको छ। ग्रीस र बुल्गेरियाको सीमाना नजिकै रहेको टर्कीको उत्तरपश्चिमी थ्रेस क्षेत्र हालसालै जमिनबाट अवैधरूपमा युरोप प्रवेश गर्न खोज्ने गैरकानुनी आप्रवासीहरूका लागि रुचाइएको मार्ग बनेको छ। मानव बेचबिखन नियन्त्रण गर्न प्रहरीले यस मार्गका प्रमुख नाकाहरूमा नियमित चेकजाँच गर्ने गरेको छ।-रासस/सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार