शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रपति पौडेल बाजुरा आउने कार्यक्रम स्थगित

राष्ट्रपति पौडेल बाजुरा आउने कार्यक्रम स्थगित

  • शुक्रबार, अशोज १८, २०८१
राष्ट्रपति पौडेल बाजुरा आउने कार्यक्रम स्थगित

बाजुरा–  राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आउने कार्यक्रम स्थगित भएको छ । पुर्व निर्धारित समय अनुसार असोज २१ गतेका लागि तय गरिएको राष्ट्रपति पौडेलको बाजुरा आउने कार्यक्रम स्थगित भएको हो । अविरल वर्षा र बाढी पहिरो आउने सक्ने सम्भावना बढ्पछि राष्ट्रपति पौडेलको बाजुरा आउने कार्यक्रम स्थगित भएको हो ।
बडीमालिका मन्दिरको अवलोकन र नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि राष्ट्रपति पौडेल असोज २१ गते बाजुरा आउने गरी त्रिवेणी नगरपालिकाले कार्यक्रमको तयारी गरेको थियो ।
देशमा केहिदिन यताको अविरल वर्षासंगै आएको बाढीले जनधनको ठुलो क्षति भएकोले र अझैपनि बाढीपहिरो आउने क्रम जारी रहेकोले राष्ट्रपति पौडेलेको असोज २१ गतेको बाजुरा आउने कार्यक्रम स्थगित भएको त्रिवेणी नगरपालिकाका नगर प्रमुखका स्वकीय खेमराज गिरीले सामाजिक संजाल फेसवुक मार्फत जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेलद्धारा असोज २१ गतेका दिन गरिने बडीमालिका मन्दिरको दर्शन र नाटेश्वरी मन्दिरको समुद्घाटन हुने कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको गिरीले बताएका छन्   ।

No description available.

चर्चामा

सम्बन्धित समाचार