• होमपेज
  • राजनीति
  • राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय

राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय

  • आइतवार, अशोज १३, २०८१
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय

काठमाडौँ —नेपाली कांग्रेसले पचास लाख सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो ।

बैठक पश्चात् जानकारी दिँदै महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको जानकारी दिए ।

‘कयौँ ठाउँको सडक छैन‚ पुल भत्किएको छ आवतजावत गर्ने कुरा अवरुद्ध भएको अवस्थामा पुल सडकलाई चाँडो भन्दा चाँडो निर्माण गर्नुपर्ने छ । बेलब्रिज उपलब्ध गराउने र चाडबाडको अवसरमा आम नेपाली आफ्नो घरमा जान सिक्ने बनाउन सरकारलाई अनुरोध गरेका छौँ‚’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार