• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको प्रशिक्षण कार्यक्रम सुरु

नेकपा एमाले बाजुराको प्रशिक्षण कार्यक्रम सुरु

  • शनिबार, अशोज १२, २०८१
नेकपा एमाले बाजुराको प्रशिक्षण कार्यक्रम सुरु

बाजुरा –नेकपा (एमाले) जिल्ला कमिटि बाजुराकाे नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला सदरमुकाम मार्तडीमा तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रम बडीमालिका नगरपालिकाकाे सभाहलमा सुरु भएकाे हाे ।

कार्यक्रमलाई पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले सम्वाेधन गरेका छन् । असोज १२ गतेदेखि १४ गतेसम्म प्रशिक्षण दिन उपमहासचिव ज्ञवाली शुक्रवार नै बाजुरा पुगेका थिए । नेकपा  एमालेले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश कमिटी उपाअध्यक्ष काली बहादुर शाही सहभागी छन् । त्यस्तै एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, जिल्ला कमिटि पदाधिकारी, सदस्य, गाउँ नगर कमिटीका अध्यक्ष लगायतको  सहभागीता रहेकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार