• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका प्रजिअ पाैडेलकाे सरुवा, मेघनाथ पाध्या आउँदै

बाजुराका प्रजिअ पाैडेलकाे सरुवा, मेघनाथ पाध्या आउँदै

  • बिहिबार, अशोज ३, २०८१
बाजुराका प्रजिअ पाैडेलकाे सरुवा, मेघनाथ पाध्या आउँदै

बाजुरा– बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे सरुवा भएकाे छ । पाैडेललाइ गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा मेघनाथ पाध्या आउने भएका छन । इलाका प्रशासन कार्यालय चन्दाैटा कपिलबस्तुमा कार्यरत रहेका पाध्यालाइ बाजुरा पठाएकाे छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाैडेल बाजुरामा सबै भन्दा लामाे समय बस्ने प्रमुख जिल्ला अधिकारीकाे रुपमा रहेका छन । प्रजिअ पाैडेल २०८० भाद्र ३० गते देखी बाजुरामा हाजिर भएका थिए ।  पाैडेल भन्दा पहिला तत्कालिन प्रमुख जिल्ला अधिकारी धनप्रसाद सर्मा पाैडेल पनि लामाे समय सम्म बसेका थिए ।

   गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । २ गते असोजमा मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई,  मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ । त्यस्तै रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

गृह मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । जस अनुसार मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन् । त्यस्तै तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार