शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • शिक्षा
  • यसवर्ष क-कसले पाए विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार ?

यसवर्ष क-कसले पाए विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार ?

  • बुधबार, अशोज २, २०८१
यसवर्ष क-कसले पाए विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार ?

काठमाडौं– सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत ९ जनालाई यसवर्षको ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार-२०८१’ ले सम्मान गर्ने भएको छ ।

उनीहरूलाई राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा बुधबार पुरस्कार वितरण गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसवर्षको शिक्षा दिवसमा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार पाउने ९ जनाको नाम सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार यो वर्ष स्वास्थ्य क्षेत्रतर्फ चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाल पुरस्कृत भएका छन् ।
त्यस्तै, वातावरणतर्फ काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक डा नानी राउत, ऊर्जातर्फ पुल्चोक क्याम्पसकी सहप्राध्यापक डा श्रीराज शाक्य र कृषितर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा माधवप्रसाद पाण्डेय पुरस्कृत भएका छन् ।

उच्च शिक्षा (प्राज्ञिक)तर्फ काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा विराजसिंह थापा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा विनोद दवाडी पुरस्कृत भएका छन् भने विद्यालय शिक्षातर्फ काठमाडौंको पृथ्वी नारायण माविका विज्ञान शिक्षक योगेन्द्रप्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारितातर्फ नेपाल विशेष अनलाइनका पत्रकार छत्र कार्की र कर्मचारीतर्फ मन्त्रालयकी सि.डि.ई. मनिषा महर्जनलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार