• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पहिरोपछि घरसँगै सेती नदीमा खसेका एक जनाको उद्धार

पहिरोपछि घरसँगै सेती नदीमा खसेका एक जनाको उद्धार

  • बिहिबार, भदौ १३, २०८१
पहिरोपछि घरसँगै सेती नदीमा खसेका एक जनाको उद्धार

बझाङ — छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर–१,  परिङगालमा पहिरोले टहरो बगाउँदा एक जना भूकम्प प्रभावित घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३८ वर्षका करन गिरी रहेका छन् ।
बुधबार राति एक बजेतिर आएको पहिरोले उनको टहरा बगाएको थियो । पहिरोले टहरो बगाउँदा टहरोसँगै सेती नदीमा खसेका उनको स्थानीय र प्रहरीले राति नै उद्धार गरेका थिए । ‘मध्यरातमा पहिरो खसेको आवाज आयो । पहिरोसँगै बचाऊ, बचाऊ भन्ने आवाज सुनेर हामी उठ्यौँ,’ उद्धारमा संलग्न एकजना स्थानीय हरिलाल भट्टराईले भने, ‘हामीले भेट्दा उहाँको टाउकोबाहेक सबै शरीर पहिरोमा डुबेको थियो । प्रहरी र गाउँले मिलेर राति नै उद्धार गर्यौं ।’

अहिले जिल्ला अस्पतालमा घाइते गिरीको उपचार भइरहेको छ । गत वर्ष असोजमा आएको भूकम्पले घर चर्किएपछि उनको ६ जनाको परिवार अस्थायी टहरोमा बस्दै आएको थियो । पहिरो जाँदा गिरीकी श्रीमती र चार छोराछोरी छिमेकीको घरमा सुतेका थिए ।

पहिरोले गिरीको टहरामा रहेको अन्नपात, लुगा कपडा, छोराछोरीका कापी किताब लगायत सबै सामान बगाएको स्थानीय लक्ष्मण गिरीले बताए । ‘घरका अरु सदस्य संयोगले छिमेकीको घरमा सुतेका कारण मानवीय क्षति हुन पाएन,’ उनले भने, ‘टहरो भित्र भएको कुनै पनि सामान बाँकी रहेन ।’ सेती नदीको किनारबाट पहिरो सुरु भएपछि नजिकै रहेका अरु पाँच वटा घर पनि जोखिममा परेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार