• होमपेज
  • समाज
  • बडिमालिका दर्शन गर्न गएका एक जनाको हेलिकप्टरमार्फत उद्धार

बडिमालिका दर्शन गर्न गएका एक जनाको हेलिकप्टरमार्फत उद्धार

  • शनिबार, भदौ १, २०८१
बडिमालिका दर्शन गर्न गएका एक जनाको हेलिकप्टरमार्फत उद्धार
फाइल फाेटाे

बाजुरा —सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक जनाको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिका ५ लुङग्राकी अन्दाजी ६३ बर्षिय पवना खड्कको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

यहि भाद्र २ गते अर्थात आइतबार बडिमालिकामा लाग्ने मेलाको दर्शनका लागि जादैँ गरेकी खड्कालाई लेक लागेपछि अक्सिजनको कमि भएर बिरामी परेपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारको लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खड्का बडिमालिका जाने क्रममा त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन् । उनको उद्धारपछि सुर्खेतमा उपचार भइरहेको र अक्सिजन अभावले खड्काको अवस्था गम्भिर रहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार