• होमपेज
  • राजनीति
  • एमाले कार्यालयभित्र पस्यो मनोहराको बाढी

एमाले कार्यालयभित्र पस्यो मनोहराको बाढी

  • शनिबार, असार २२, २०८१
एमाले कार्यालयभित्र पस्यो मनोहराको बाढी

काठमाडौं —मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय परिसरमा पनि पानी पसेको छ ।

शुक्रबार रातिदेखि परेको वर्षाका कारण मनोहरा खोलामा जलसतह बढेका कारण शनिबार दिउँसो एमाले कार्यालयभित्रै बाढी पसेको हो । खोलामा पानीको सतह पुल भन्दा पनि उचाइमा पुगेपछि नजिकै रहेको एमाले कार्यालयभित्र बाढी पसेको हो ।

च्यासलमा मनोहरा करिडोर सडक पनि डुबानमा परेको छ । एमाले कार्यालय नजिकै रहेको च्यासल रंगशाला पनि डुबानमा परेको छ । पानीले भरिएपछि रंगशाला पोखरीजस्तो बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार