बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलाबाट धनगढी जाँदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु,७ घाइते

दार्चुलाबाट धनगढी जाँदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु,७ घाइते

  • बुधबार, जेष्ठ २३, २०८१
दार्चुलाबाट धनगढी जाँदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु,७ घाइते

डोटी— डोटीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दार्चुलाको लेकमबाट धनगढी गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जीप बुधबार बिहान ४ :३० बजे डोटीको जोरायल गाउँपालिका- १, खडिनामा दुर्घटना हुँदा दार्चुला, लेकम गाउँपालिकाका तीन वर्षीया रितिका पार्की र अन्दाजी ४० वर्षीय धौलीदेवी धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जीपमा चालकसहित ९ जना सवार रहेका थिए । दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी उपरीक्षक हेमलाल भट्टराईले जानकारी दिएका छन ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका- ५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका- ६ का ४५ वर्षीय जगत धामी, लेकम- ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की, डिलाशैनी गाउँपालिका- ६ का १७ वर्षीय अर्जुन लुहार, सोहि ठाउँका २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका- ४ की ६० वर्षीया मानमति धामी रहेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार