शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • गर्मी बढेपछि दिल्लीका सबै विद्यालय बन्द

गर्मी बढेपछि दिल्लीका सबै विद्यालय बन्द

  • बुधबार, जेष्ठ ९, २०८१
गर्मी बढेपछि दिल्लीका सबै विद्यालय बन्द

नयाँ दिल्ली – अत्याधिक गर्मी बढेपछि भारतको दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ। दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले विद्यालय बन्द गर्न आदेश दिएको हो।

भारतीय मौसम विभागले यो साता राजधानी दिल्लीमा अझै गर्मी बढ्ने पूर्वानुमान गरेको छ। विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा विश्वभर असर परेको वैज्ञानिकले बताउँदै आएका छन्।

तापक्रम बढेसँगै दिल्लीमा लू को लहरको अवधि पहिलेको भन्दा बढेको पाइएको छ। जनस्वास्थ्यका लागि पहिलेको भन्दा लूले गम्भीर असर देखाइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार