• होमपेज
  • राजनीति
  • एमालेको सचिवालय बैठक आइतबार बस्दै

एमालेको सचिवालय बैठक आइतबार बस्दै

  • शनिबार, बैशाख १, २०८१
एमालेको सचिवालय बैठक आइतबार बस्दै
फाइल तस्विर

काठमाडौं — नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार