मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकको अर्को ह्विप

रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकको अर्को ह्विप

  • बुधबार, चैत्र २१, २०८०
रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकको अर्को ह्विप

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका लागि जारी गरेको ह्विपको विरुद्धमा त्यहाँका प्रमुख सचेतकले अर्को ह्वीप जारी गरेका छन् । अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेको केही समयपछि सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न ह्विप जारी गरेका हुन् ।

सचेतक डगौराले जारी गरेको ह्विपमा भनिएको छ, ‘मुख्यमन्त्री कमलबहादुर शाहले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदानका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्विप) जारी गरिन्छ ।’

चर्चामा

सम्बन्धित समाचार