काठमाडौं — ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।
बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।
कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।अनलाइनखबरबाट ।