बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • सोमवार, चैत्र २१, २०७८
सेयर गर्नुहोस् :
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ । रासस 

 

चर्चामा

सम्बन्धित समाचार