• होमपेज
  • समाचार
  • ११ वर्षीया बालिका बलात्कृत

११ वर्षीया बालिका बलात्कृत

  • सोमवार, चैत्र १४, २०७८
११ वर्षीया बालिका बलात्कृत

धनगढी — कैलालीमा एक बालिका बलात्कृत भएकी छिन्। प्रहरीका अनुसार जिल्लाको चुरे गाउँपालिकाकी ११ वर्षीया बालिकामाथि बलात्कार भएको हो।

बालिका बलात्कारको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। शनिबार जंगल गोठालो गएका बेला शाहले बालिकामाथि करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रवक्ता जोशीले बताए। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार