मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • चीनमा हवाईजहाज दुर्घटना

चीनमा हवाईजहाज दुर्घटना

  • मङ्लबार, चैत्र ८, २०७८
चीनमा हवाईजहाज दुर्घटना

चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ। चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो।

अहिलेसम्म दुर्घटनाको कारण र ज्यान गुमाउनेको सङ्ख्याबारे खुल्न सकेको छैन। उद्धारकर्ताहरूले बाँचेको कुनै सङ्केत नदेखिएको बताएका बीबीसीले जनाएको छ।

युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज जमिनमा खसेपछि आगो लागेको देखिएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।

दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिएको छ।

यो घटनासँगै चाइना इस्टर्न एअरलाइन्सले आफ्ना ७३७ का सबै जहाज ग्राउन्ड गरेको छ । चीनमा सन् २०१० पछि ठूलो हवाई दुर्घटना भएको बीबीसीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार